दुल्लूको बजेट १ अर्ब ८ करोड वढी

दैलेखको दुल्लू नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि १ अर्ब ८ करोड ४० लाख रुपैंया बराबरको बजेट ल्याएको छ । पुँजीगत तर्फ १५ करोड ४५ लाख २० हजार र चालु तर्फ ९२ करोड ९४ लाख ८० हजार विनियोजन गरिएको हो ।
नगर उपप्रमुख बिना कार्कीले ११ औं नगरसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् । ‘दुल्लू नगरपालिकाले समृद्ध र आत्मनिर्भर दुल्लूको परिकल्पना सहित दुल्लू नगरपालिकाको पहिचान, ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षण र विकास हाम्रो अभियान’ भन्ने मूल नारा अघि सारेको छ ।
नगरपालिकाले उपलब्ध स्रोतको प्रभावकारी परिचालन मार्फत समृद्ध दुल्लूको निर्माण गर्ने कृषि, पर्यटन, पूर्वाधार विकास लगायत नागरिकहरुमा प्रत्यक्ष रोजगारी श्रृजना गर्ने कार्यक्रम तर्जुमा गरी आर्थिक सामाजिक रुपान्तरणका माध्यमबाट जनताको जीवनस्तर सुधार ल्याउने जस्ता कार्यक्रम समेटिएका छन् ।
दुल्लूले महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट प्रभावित नागरिकहरुको सहज जिवनयापनका लागि रोजगारीमुलक कार्यक्रमहरु संचालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस्तै, नगरपालिकाले व्यावसायिक कृषि खेति र पशुपालन गर्न कृषकहरुलाई प्रोत्साहन गर्न कृषकमैत्री कार्यक्रमहरुको निर्माण गरी आयत प्रतिस्थापन र निर्यात व्यवस्थापन कार्यमा जोड दिने भएको छ । लक्षित वर्ग समुदायलाईेजगारीको अवसर श्रृजना गर्ने नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार